१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजपा परित्याग गरे लगत्तै माओवादी केन्द्रबाट प्रमुख पदको उम्मेदवार




गौशाला
, २१ भदौ । आसन्न स्थानीय तह निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि महोत्तरी जिल्लाका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका एक सदस्यले सो पार्टी परित्याग गरेका छन् ।

राजपा महोत्तरी जिल्ला अध्यक्ष मण्डलमा तराई मधेश सद्भावना पार्टी महेन्द्र राय तर्फबाट जिल्ला अध्यक्षका रुपमा रहेका नरेन्द्र यादवलाई राजपाले टिकट नदिएपछि उनले सो पार्टी परित्याग गरेका हुन् ।

उनले पार्टी परित्याग गरेलगत्तै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने गएराति माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ महोत्तरीको औरही नगरपालिकामा पुगेर उनलाई पार्टी प्रवेश गराएका छन् ।

साथै, गएराति नै औरहीमा एक सभाको आयोजना गरेर नेता बादलले उनलाई औरही नगरपालिकाको उम्मेदवार बनाउदै पार्टीका तर्फबाट प्रमुख पदका लागि टिकटसमेत दिएका थिए ।
रासस

प्रकाशित मिति : २१ भाद्र २०७४, बुधबार ००:००