१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन क्षेत्र निर्धारणप्रति संघीय फोरमको ध्यानाकर्षण




काठमाडौँ
, १६ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको क्षेत्र निर्धारणसहितको सरकारलाई बुझाएको प्रतिवेदनप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सो पार्टीले संविधानको मर्मबमोजिम जनसंख्या र भूगोलको सन्तुलन नमिलाएको र मधेशमै मधेशी समुदायको प्रतिनिधित्वलाई न्यून पार्ने प्रयास गरेको भन्दै प्रतिवेदन त्रुटिपूर्ण भएको ठहर गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आज एक विज्ञप्ति जारी गरी ५१ प्रतिशत जनसंख्या रहेको तराई–मधेशमा क्षेत्र निर्धारण गर्दा ४७ प्रतिशतमा सीमित गरेको आरोप लागाएका छन् ।

“पहाडी र हिमाली क्षेत्रमा पनि आदिवासी जनजाति समुदायको प्रतिनिधित्वलाई समेत न्यून गर्ने षड्यन्त्र गरिएकामा हाम्रो गम्भीर आपत्ति छ” विज्ञप्तिमा उख्लेख छ ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००