१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपक्षी दलका जनप्रतिनिधिले विकास निर्माणको काम गर्न दिएनन्ः मेहता




इनरुवा
, १६ भदौ । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गरेका छन् । सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसंग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताएका हुन् ।

प्रमुख मेहताले आफू जननिर्वाचित भएपनि आफूलाई सेरेमोनियल ९आलंकारिक० झैँ विपक्षी दलका जननिर्वाचित प्रतिनिधिले राख्न खोजेको गुनासो गरे । उनले आफूलाई काम गर्न नदिइएकाले सोचेअनुरुप काम गर्न नसकेको र प्रगतिसमेत हासिल गर्न नसकेको बताए ।

प्रमुख मेहताले बहुमतको खेलमा विपक्षी दलका साथीहरुले बहुमतको बलमा आफूलाई ‘पेण्डुलम’ बनाउन खोजेको आरोप लगाए । जननिर्वाचित भएपश्चात् पार्टीभन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीले गर्दा समस्या उत्पन्न गराएको उनले दुखेसो पोखे ।

प्रमुख मेहताले कुनै पार्टीको नाम नभने पनि इनरुवा नगरपालिकामा नेकपा एमालेको बहुमत भएकाले सो पार्टीतर्फ इङ्गित गर्दै काम गर्न नदिएको बताए । इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ । प्रमुख मेहताले आफू सेरेमोनियल नभई जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधि भएकाले अरूले चाहेजस्तो अनुगमन अधिकारीसरह भएर चुप लागेर नबस्ने बताए ।

प्रमुख मेहताले आफ्नो भिजन, स्रोत अनि दातृ निकायलाई ल्याउन सक्ने सामर्थ्य भएपनि आफ्नो सोचको कुनै कदर नभएको बताए ।
रासस

प्रकाशित मिति : १६ भाद्र २०७४, शुक्रबार ००:००