१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अायाेगले झापामा पाँच निर्वाचन क्षेत्र ताेक्याे




बनियानी
— झापा, १५ भदौ । निर्वाचन क्षेत्र निर्धारण आयोगले झापामा पाँचवटा निर्वाचन क्षेत्र तोकेको छ । जनसंख्यालाई मुख्य आधार बनाएर प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि क्षेत्र निर्धारण गरिएको हो ।

झापामा मेचीनगर नगरपालिका, बुद्धशान्ति गाउँपालिकाको वडा नं ४, ५, ६, ७ र भद्रपुर नगरपालिकाको वडा नं ९ र १० लाई समेटेर क्षेत्र नम्बर १ बनाइएको छ ।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकाको वडा नं १, २, ३, अर्जुनधारा नगरपालिका र कनकाई नगरपालिकाको ८ र ९ नं वडालाई मिलाएर क्षेत्र नम्बर २ बनाइएकाे छ ।

भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ सम्म, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिका वडा नं १० लाई समेटेर क्षेत्र नं ३ बनाइएको छ ।

कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटेर क्षेत्र नम्बर ४ बनाइएकाे छ ।

दमक नगरपालिका, कमल गाउँपालिका, गौरादह वडा नं १ देखि ८ सम्म र गौरीगञ्जको वडा नं ३, ४, ५, ६ मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ ।
रासस

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहिबार ००:००