१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा




काठमाडौँ
, १४ भदौ । सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ ।

बैठकको निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भने, “कहाँ–कहाँ कहिले गर्ने भन्ने बारे अहिले छुट्याएर निर्णण गरिएको छैन, निर्वाचन क्षेत्र, सीमा निर्धारण आयोगले प्रतिवेदन बुझाइसकेको अवस्था छैन, तर आयोगले नै दुई चरणमा गर्नुपर्ने कुरा उठाएको हुँदा दोस्रो चरणको निर्वाचन मंसिर २१ गते गर्ने निणर्य गरिएको छ ।”

प्रदेश प्रमुख र प्रदेशको राजधानी भने राजनीतिक सहमतिका आधारमा छलफल गरेर पछि टुङ्गो लगाउने मन्त्री बस्नेतले बताए ।

“ बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ, जुन संवैधानिक परिषद्बाट सिफारिस गरिनेछ”–सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले भने ।
रासस

प्रकाशित मिति : १४ भाद्र २०७४, बुधबार ००:००