८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनमा तालमेल गरेर जानु हुँदैनः डा कोइराला




चितवन
, १३ भदौ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसंग पनि तालमेल गरेर निर्वाचन लड्न नहुने बताएका छन् । कांग्रेस चितवनले मंगलबार यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उनले तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गरेको बताए ।

संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा कांग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड थियो । बिपीले कार्यकर्तालाई संरक्षण र माया गर्ने गरेको बताउँदै उनले कार्यकर्ताको भावनाभन्दा बाहिर नेता जान नहुने बताए ।

कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै भने, “हुने खाने र हुँदा खाने दुवैलाई एउटै शिक्षा दिनुपर्छ ।”

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, सावित्री चौधरी, विष्णुमाया परियार, कांग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलगायतले संगठन मजबुत बनाउन गाउँदेखि सबै एक जुट भएर लाग्नुपर्ने बताए ।

चितवन जिल्लामा कांग्रेसबाट निर्वाचित १७७ जनप्रतिनिधि र शिक्षा राज्यमन्त्री अधिकारीलाई सम्मान गरिएको थियो ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००