८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मर्मतपछि जिप सफारी सञ्चालनमा




रत्ननगर
— चितवन, १३ भदौ । पर्यटकीय क्षेत्र कुमरोजमा बाढीले बगाएका कारण अबरूद्ध बनेको यहाँको सडक मर्मतपछि जिप र सफारी पुनः सञ्चालनमा आएका छन् ।

विभिन्न क्षेत्रमा बाढीले बगाएको सडक मर्मतपछि पर्यटकका लागि जिप सफारी सञ्चालनमा आएको कुमरोज मध्यवर्ती सामुदायिक वनका कार्यालय सचिव भरतप्रसाद नेपालले जानकारी दिए ।

सामुदायिक वनले करिब दुई लाखको लागतमा सडक मर्मत गरेर सफारी अवरुद्ध भएको जिप सञ्चालनमा ल्याएको हो । गएको साउन २८ गते राति राप्ती नदीमा आएको बाढीले यहाँका विभिन्न बस्ती डुबानमा परेसंगै पर्यटन मार्गका विभिन्न क्षेत्र बगाएको थियो । अहिले यहाँ पाँच वटासम्म जिपमा पर्यटकले सफारी गर्ने गरेका छन् ।

कुमरोजभित्र जंगल क्षेत्रको एउटा रुटमा जिप सफारी शुरु भएको र अर्को रुट सञ्चालनका लागि अझै समय लाग्ने छ । राप्ती नदीको ड्याक क्षेत्रमा बढी क्षति भएकाले दोस्रो रुटमा सफारी सञ्चालन गर्न समय लाग्ने नेपालले बताए ।

चितवन राष्ट्रिय निकुञ्जपछि जिप सफारी शुरु भएको कुमरोजमा पछिल्लो समयमा पर्यटकको आकर्षण बढ्दै गएको छ । गएको पुसदेखि शुरु भएको जिप सफारीबाट मात्रै अहिलेसम्म यहाँ ३० लाखको आम्दानी भएको सामुदायिक वनले जनाएको छ । यहाँ हात्ती सफारीसमेत सञ्चालन हुँदै आएको छ । सामुदायिक वनको मुख्य आम्दानी नै पर्यापर्यटन रहेको वनका अध्यक्ष हीराबहादुर गुरुङ बताउछन् ।

कुमरोज पछिल्लो समय बाघ गैँडाको राम्रो बासस्थान  बन्दै गएकाे छ । त्यसर्ले वन्यजन्तु अवलोनका लागि पर्यटक कुमरोज पुग्ने गरेका छन् । कुमरोजमा दुईवटा मचान निर्माण गरिएकाले रातमा मचानमा बसेर वन्यजन्तु अवलोकन गरी पर्यटक रमाउने गरेका छन् । यहाँ थारु, दराई र गुरुङ होमस्टे सञ्चालन गरिएको छ ।
रासस

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार ००:००