१० भदौ, गोरखा । उपप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले मंसिर १० गते हुने केन्द्र र प्रदेश निर्वाचनमा जुट्न गोरखाका नेपाली कांग्रेसका कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कांग्रेस गोरखाले शनिवार सदरमुकाममा आयोजना गरेको जनप्रतिनिधि सम्मान कार्यक्रममा उनले केन्द्र र प्रदेश निर्वाचनमा पनि पार्टीको वर्चश्व कायम राख्ने गरि निर्वाचनमा खट्न निर्देशन दिए । “तोकिएको समयमै एकै चरणमा केन्द्र र प्रदेशको निर्वाचन हुन्छ । नभए हिमाली र पहाडी भेगमा पहिलो र दोस्रो चरणमा तराईमा निर्वाचन हुन्छ ।”
केन्द्र र प्रदेशको निर्वाचन पछि मात्रै संविधान कार्यान्वयन हुने उनले बताए । मुलुकको समस्या हल गर्न सबै दल एकजुट हुनु पर्ने उनले बताए । रासस
प्रतिक्रिया