१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बागलुङमा साढे ११ हजार मतदाता थपिए




बागलुङ
, १० भदौ । जिल्लामा ११ हजार ५४७ जना मतदाता थपिएका छन् । दश स्थानीय तहबाट नयाँ मतदाताले तस्वीरसहितको मतदाता नामावली दर्ता गराएका हुन् । निर्वाचन आयोगले गत साउन १ देखि यही भदौ ३ गतेसम्म नामावली दर्ताका लागि समय तोकेको थियो । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कूल मतदाता संख्या बढेर एक लाख ६८ हजार ३४९ पुगेको छ ।

यसअघि जिल्लामा एक लाख ५६ हजार ८०२ मतदाता थिए । बागलुङ नगरपालिकामा सबैभन्दा बढी तीन हजार ७१० मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र पौडेलले बताए । सबैभन्दा कम बरेङ गाउँपालिकामा ३३४ जनाले मतदाता नामावली दर्ता गराएका छन् । नयाँ थप भएका मतदातामध्ये महिला पाँच हजार ४१८ र पुरुष छ हजार १२९ छन् ।

जिल्लामा भएको मतदाता संख्यालाई आधार मान्दा यसअघिका अधिकांश निर्वाचनमा ७० प्रतिशतको हाराहारीमा मत खस्ने गरेको जिल्ला निर्वाचन कार्यालयको तथ्यांक छ ।
रासस

प्रकाशित मिति : १० भाद्र २०७४, शनिबार ००:००