Logo

जिसस बर्दियामा एमाले र माअाेवादी




गुलरिया
— बर्दिया, १० भदौ । जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त समूहबाट प्रमुखमा शंकर थारु विजयी भएका छन् ।

त्यसैगरी एमालेका तर्फबाट उपाध्यक्षमा मानबहादुर विष्ट तथा सदस्यमा शान्ति थारु, रामसुमीरण यादव र धनबहादुर सुनार एवं माओवादी केन्द्रबाट शान्ति थारु, कल्पना थारु, सूर्यबहादुर सुनार र भक्तिराम अधिकारीले १२–१२ मत प्राप्त गरी विजयी भएका छन् ।

उक्त निर्वाचनपछि नवनिर्वाचित प्रमुख, उपप्रमुख र सदस्यलाई मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पौडेलले शपथ गराएका थिए । नवनिर्वाचित प्रमुख र उपप्रमुखले शुक्रबार नै पदभार ग्रहण गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्