१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुल बगाउँदा सवारी आवागमन बन्द




रसुवा
, ९ भदौ । गएरातिको वर्षाले पुल बगाउँदा सिम्ले–भोर्ले खण्डको सवारी आवागमन बन्द भएको छ ।

कालिका गाउँपालिका प्रमुख सीताकुमारी पौडेलका अनुसार कालिका गाउँपालिका– ४ धोबीखोलामा पुल बगाउँदा सिम्ले–अम्बाबास र सरस्युँ क्षेत्रमा सवारी आवागमन बन्द भएको छ । त्यस्तै सो स्थानमा पैदल यात्राका लागि अस्थायी काठको फड्के बनाउने समेत बग्न लागेको छ ।

ठाडोखोलाको बाढीले मोटरेबल पक्की पुल बगाउनाका साथै त्यस क्षेत्रका सयौँ हेक्टर धानखेती समेत बगाएको छ । क्षतिको विवरण यकिन गर्न प्रहरी परिचालन गरिएको इलाका प्रहरी चौकी कालिकास्थानका प्रहरी निरीक्षक सानुबाबु भण्डारीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ९ भाद्र २०७४, शुक्रबार ००:००