७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्याङ्जामा अठारहजारभन्दा बढी मतदाता थपिए




वालिङ
— स्याङ्जा, ६ भदौ । निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली संकलनमा स्याङ्जामा १८ हजार ६७६ जनाले नाम लेखाएका छन् । जिल्ला निर्वाचन कार्यालय, स्याङ्जाका अनुसार नाम दर्ता गराउनेमा नौ हजार ५८८ पुरुष र नौ हजार ८८ महिला गरी कूल १८ हजार ६७६ जना छन् ।

प्रदेश र संघीय संसद्को निर्वाचनका लागि निर्वाचन आयोगले आह्वान गरेको फोटोसहितको मतदाता नामावली संकलनमा सबैभन्दा धेरै जिल्ला निर्वाचन कार्यालय स्याङ्जामा चार हजार ५४७ छन् भने सबैभन्दा कम आँधीखोला गाउँपालिकामा ७१२ जनाले फोटोसहितको नामावली संकलनमा नाम लेखाएका हुन् ।

त्यसैगरी, वालिङ नगरपालिकामा तीन हजार ४८३, गल्याङ नगरपालिकामा दुई हजार ४०१, चापाकोट नगरपालिकामा एक हजार ५५२, कालीगण्डकी गाउँपालिकामा एक हजार ३५५, भिरकोट नगरपालिकामा एक हजार ३१८, फेदीखोला गाउँपालिकामा ९८५, हरिनास गाउँपालिकामा ८०१, बिरुवा गाउँपालिकामा ७७८, अर्जुनचौपारी गाउँपालिकामा ७४४ जनाले नाम दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

साउन १ गतेदेखि शुरु भएको मतदाता नामावली संकलन भदौ ३ गतेसम्म स्याङ्जाका विभिन्न ११ स्थानीय तहमा सञ्चालन भएको थियो ।
रासस

प्रकाशित मिति : ६ भाद्र २०७४, मंगलबार ००:००