१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढी प्रभावितलाई द्रुत गतिमा राहत वितरण




नेपालगन्ज
, ४ भदौ । मध्यपश्चिमका बाढी प्रभावित चार जिल्ला बाँके, बर्दिया, दाङ र सुर्खेतमा पहिलो चरणअन्तर्गत राहत वितरणको काम द्रुत गतिमा भइरहेको छ ।

जिल्लाका बाढी तथा पहिरो पीडित घरपरिवारका सदस्यलाई सरकारको तर्फबाट जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत नगद, चामल, दाल, नून, तेल, लत्ताकपडा, त्रिपाल लगायतका सामग्री उपलब्ध गराइएको छ ।

यसका साथै घर भत्केका परिवारका सदस्यलाई सुरक्षित स्थानमा शिविर खडागरी बसोबास समेत मिलाइएको र सो स्थानमा महिलामाथि हुनसक्ने सम्भावित दुर्घटनालाई दृष्टिगत गरी सुरक्षाकर्मीसमेत परिचालन गरिएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाका दैवी प्रकोप उद्धार समितिअन्तर्गत गठन गरिएका शिक्षा, स्वास्थ्य तथा सरसफाइ, पुनर्वास, राहत वितरण लगायतका क्लस्टर समूहलाई पनि बाढी प्रभावित गाउँमा खटाइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए ।

यसका यस क्षेत्रमा क्रियाशील सामाजिक तथा पेशागत संघ, संगठनले पनि बाढीपीडितका लागि संकलन गरेको सहयोग जिल्ला दैवी प्रकोप उद्धार समितिलाई उपलब्ध गराउँदै आएको पाइन्छ । केही सामाजिक संस्था भने आफैँ बाढी प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरिरहेका छन् ।

प्रारम्भिक कक्षा पढाइ प्रभावकारी बन्दै

जिल्ला शिक्षा कार्यालयको समन्वयनमा बाँके युनेस्को क्लबद्वारा यस जिल्लामा सञ्चालित राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार, जिल्लाका सबै ३८१ विद्यालयका कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठनपठानलाई जगदेखि नै बलियो बनाउने उद्देश्यका साथ सन् २०२० सम्म सो कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

पहिलो चरणअन्तर्गत देशका १६ जिल्लामा लागू गरिएको सो कार्यक्रम बाँके, कञ्चनपुर, कास्की, सप्तरी, मुस्ताङ र भक्तपुरमा सघन कार्यक्रमका रुपमा सञ्चालन हुँदै आएको छ ।

बाँके जिल्लामा अहिलेसम्म सो कार्यक्रमअन्तर्गत ६७८ टोल पढाइ समूह गठन गरिएको छ भने नौ हजार ९२१ दौतरी शिक्षकको व्यवस्थासमेत गरिएको छ ।
रासस

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार ००:००