१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक मर्मत कार्य अलपत्र हुँदा पर्यटकीयस्थल रानीमहल ओझेलमा




सुशीला रेग्मी

रामपुर– पाल्पा, ३२ साउन ।

नेपालको ऐतिहासिक पर्यटकीयस्थल रानीमहलसम्म पुग्ने तानसेन रानीघाट सडकको अवस्था सुधार नहुँदा पर्यटक आवागमन पातलिँदै गएको छ ।

जिल्ला सदरमुकाम तानसेनबाट उत्तर तर्फ करिब १२ किलोमिटरको दूरीमा पर्ने पर्यटकीय रानीमहलसम्म पुग्ने सडक पिच तथा मर्मत गर्ने कार्य अहिले अलपत्र अवस्थामा रहेको छ । जसले गर्दा त्यहाँसम्म पुग्ने सडक नियमित सञ्चालन नहुँदा रानीमहल घुम्न पाल्पा आउने पर्यटक सदरमुकाम तानसेनबाटै फर्कन बाध्य छन् ।

यस सडक निर्माण कार्य एक महिनायता ठप्प रहँदा पर्यटक एवं यस सडकखण्ड भएर आवतजावत गर्ने स्थानीय मारमा परेका छन् । सडक पिच गर्ने कार्य भइरहेको र अहिले वर्षात्का कारण निर्माण कार्य प्रभावित हुँदा सवारीसाधन नियमित सञ्चालन हुन सकिरहेको छैन ।

सो सडकखण्डअन्तर्गत पर्ने साँघु खोलामा ठेकेदारले मनपरि ढुंगा निकालेपछि सवारीसाधन सञ्चालनमा समस्या झन थपिएको हो । यस खोलाबाट मनपरि ढुंगा निकाल्दा खाल्डो पर्दै गएपछि रानीमहलसम्म पुग्ने पर्यटकलाई वारपार गर्नसक्ने अवस्था छैन ।

लामो समयसम्मको निरन्तर वर्षाले काम गर्ने वातावरण अनुकूल नभएको ठेकेदार सुरेन्द्र लम्साल बताउछन् । साँघु खोलामा परेको खाल्डोलाई पुनः जाली भर्ने तयारी गरिरहेको उनले बताउए । आउँदो भदौसम्म सक्नुपर्ने योजना भए पनि एक महिनायता वर्षाका कारण काम प्रभावित हुँदा तोकिएको समयमा सम्पन्न गर्न समस्या परेको उनी बताउछन् ।

रसुवा एसबिए जेभी कम्पनीसंग २०७१ असारमा र अन्य केही कम्पनीसंग सम्झौता गरी झण्डै २२ करोडको लागतमा सडक निर्माण तथा स्तरोन्नति कार्य थालिएको हो । कम्पनीले विभिन्न ठेकेदारलाई खण्डखण्डमा ठेक्का दिएका कारण काम पनि गुणस्तरीय देखिँदैन ।

तोकिएको समयमा काम सम्पन्न नहुने भएपछि पुनः छ महिनाका लागि म्याद थप गरेर काम पुनःसञ्चालन गरिएको थियो । त्यो समय अवधिभित्र पनि काम सम्पन्न नहुने भएको छ । पटकपटक म्याद थप गरिरहँदा काम सम्पन्न हुन्छ या हुँदैन भन्ने निश्चित छैन ।

रानीमहलसम्म पुग्ने अवरुद्ध सडक खुलाउने प्रयासमा भइरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर पवित्रमणि आचार्य बताउछन् । कामबीचमै रोकेर अलपत्र पार्नुभन्दा पुनःम्याद थपेरै भए पनि काम सम्पन्न गराउने उनले विश्वास व्यक्त गरे ।

तानसेन रानीघाट मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष पोषकान्त बस्यालले समय र परिस्थितिलाई ख्याल नगरी काम गर्दा अहिले सडकको अवस्था सुधारोन्मुखका सट्टा नाजुक बन्दै गएको बताए । सडक निर्माण गर्ने अधिकार ठेकेदारमा निहित हुने भएकाले स्थानीयसंग समन्वय नगरिकन सडक निर्माण तथा मर्मत गर्दा अहिले धेरैले सास्ती खेप्नुपरेको उनले गुनासो गरे ।

सडक पिच गर्ने कार्य भइरहेको यस सडकखण्डमा लगातारको वर्षाले पहिरो खस्नुका साथै पर्खाल, नाली भत्किएको छ । यहाँ एक महिनासम्म सडक सञ्चालन नहुँदा जिल्लामा भित्रने पर्यटकको चहलपहलमा कमी आएको पाइएको छ ।

नेपालकै प्रसिद्ध र ताजमहलका नामले चिनिने यस रानीघाटमा दैनिक ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रने गर्छन् ।
रासस

प्रकाशित मिति : ३२ श्रावण २०७४, बुधबार ००:००