१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्धार र राहतमा प्राथमिकता दिन सरकारसंग सांसदहरुको आग्रह

लेखक स्थानीय खबर ३१ श्रावण २०७४, मंगलबार २ मिनेट पढाइ


काठमाडौँ
, ३१ साउन । व्यवस्थापिका–संसद्को आजको विशेष समयमा सांसद्हरुले बाढीपहिरोबाट प्रभावितको शीघ्र र प्रभावकारी उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गरे ।

उनीहरुले मृतकका परिवारलाई कम्तीमा पाँच लाख दिन र घर निर्माण खर्च बढाउन पनि माग गरे । नेपाली कांग्रेसका महेश आचार्यले सरकारले बाढीपहिरो प्रभावितको राहत, उद्धार र पुनःस्थापनाका काममा प्राथमिकता दिनुपर्ने र यसमा सबैले सहयोग गर्नुपर्ने बताए । उनले सरकारका भ्रमण, गोष्ठी जस्ता कार्यक्रमका खर्च कटौती गरेर पीडितलाई सहयोग गर्नुपर्ने सुझाव पनि दिए । माओवादी केन्द्रका रेखा शर्माले विपत्तिका बेलामा सत्ता पक्ष र विपक्ष सबै मिलेर राहत, उद्धार र पुनःस्थापनाका कामका खट्नुपर्ने बताइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका पर्शुराम तामाङ, राष्ट्रिय जनता पार्टीका डा डिम्पलकुमारी झा, सांसद् लालबाबु राउत, योगेन्द्र चौधरी, शिवचन्द्र चौधरी, अनुराधा थापामगर, दुर्गा पौडेल, मिलनकुमारी राजवंशी, हरिचरण शाह, राधेश्याम अधिकारी, दीपक गिरी, हरिलाल ज्ञवाली, गीता राणा क्षेत्री, महेन्द्र राय यादव, शिवजी यादव, नागेन्द्रकुमार कुमाल, किरण यादव, सुरेन्द्रप्रसाद जैसवाल, जंगीलाल राय, विश्वेन्द्र पासवान र लक्ष्मीकुमारी चौधरीले वर्षा र बाढी प्रभावित जनतालाई शीघ्र राहत बाँड्न र पुनःस्थापना गर्न आग्रह गरे ।

आजको बैठकको कार्यसूचीमा सोही विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव रहेकाले विशेष समयमा त्यही विषय नलम्ब्याउन नेकपा एमालेका सांसद्हरुले माग गरेपछि सभामुख ओनसरी घर्तीले सांसदहरुले बोल्ने क्रम छोट्याएकी थिइन् । तर सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुले विशेष समयमा थप केही सांसदले बोल्न नाम लेखाएकाले बोल्न पाउनुपर्ने माग गरेर अवरोध गरेपछि बैठक आजै १५ मिनेटका लागि स्थगन गरिएको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।