१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्चौडीको बजेट ४५ करोड ४३ लाख



बैतडी, २९ साउन । बैतडीको पुर्चौडी नगरपालिकाले ४५ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा ४५ करोड ४३ लाख सात हजार ५८६ को बजेट नगरप्रमुख रणबहादुर कुँवरले सार्वजनिक गरेका हुन् ।

चालूतर्फ पाँच करोड छ लाख ३६ हजार ५०० र पूँजीगततर्फ २२ करोड ८९ लाख ९० हजार ७९६ र विषयगततर्फ २२ करोड ८९ लाख ९० हजार विनियोजन गरेको छ ।

यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । जसमा अनुसार नगरभित्रका सडक सञ्जाललाई प्राथमिकतामा राखिएको छ ।

नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणका कार्यक्रम रहेका छन् ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार ००:००