७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावलीमा नाम लेखाउन काभ्रेकाे स्थानीय तहमा भीड



बनेपा, २८ साउन । काभ्रेको स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भीड लाग्न थालेको छ । ७ गाउँपालिका र ६ नगरपालिकामा आठ दिनभित्र ६ हजार ७२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।

उनीहरूले गत १६ गतेदेखि २३ गतेसम्म स्थानीय तहमा पुगेर नाम दर्ता गराएका हुन । नाम दर्ता गराएकामध्ये ३ हजार ३५ महिला र तीन हजार ३७ पुरुष रहेको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै जिल्लाबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या साउनयता कुल १२ हजार ९३२ पुगेको छ । यसअघि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलबाट मात्रै ६ हजार ८६० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएको काभ्रेका निर्वाचन अधिकारी मधुकर पोखरेलले बताए ।

१६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानूनी प्रावधान छ । यसअघि जिल्लामा कूल दुई लाख ३० हजार ८४९ मतदाता थिए । स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनुका साथै सच्याउनसमेत स्थानीयवासीको भीड लागेको छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०७४, शनिबार ००:००