४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समितिमा एमाले निर्विरोध




तम्घास
(गुल्मी), २७ साउन । जिल्ला समन्वय समितिमा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

जिसस निर्वाचनका लागि शुक्रबार एमाले बाहेक कसैको पनि उम्मेदवारी परेन । जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुल्सीकुमारी श्रेष्ठको मात्र मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत मातृकाप्रसाद मरासिनीले बताए ।

जिससका सदस्यमा भने चेतन बस्नेत, राममल्ल ठकुरी, दलबहादुर विश्वकर्मा, हरिप्रसाद ज्ञवाली, रमादेवी पुन, गंगा पन्त र उजेली विकको मनोनयन दर्ता भएको छ । यही साउन ३१ गते निर्वाचन परिणाम घोषणा गरिने छ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००