२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव




बनेपा
, २७ साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा खानेपानीको चरम अभाव हुँदा स्थानयवासीले सास्ती व्यहोर्नुपरेको छ ।

नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २, ४ र ५ नं वडामा खानेपानीको अभावका कारण उपभोक्ताको जीवन निकै कष्टकर बनेको छ ।

‘‘छरिएर रहेका केही मुहानबाट आ–आफ्नो तरिकाले पानी ल्याएर उपभोग गरेका छौँ’’ बनेपा नगरपालिका–१ पाण्डेगाउँका विष्णुभक्त पाण्डेले भने । एक गाग्री पानी ल्याउन घण्टौँ समय बिताउनुपर्दा घरका अरु कामधन्दा गर्न कठिनाइ भएको र यसले खासगरी महिला र बालबालिकाको कार्यबोझ बढेको उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत रामकाजी काफ्लेले मूल व्यवस्थापनको लागि विवादित पानीको मूल हुन नहुनेमा जोड दिँदै खानेपानीको असुविधाको समस्या समाधान गर्न उपभोक्ता नै सक्रिय हुनुपर्ने बताउछन् ।

उनले खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिमार्फत आधुनिक सरसफाइमा उपभोक्तालाई जागरुक बनाएको उल्लेख गर्दै कुहिने र नहुहिने फोहोर व्यवस्थापनको विषय समेत सिकाइ भएको बताए ।

कतिपय स्थानमा वर्षाबाट आएको पानी संकलन गरेर त्यसलाई सरसफाइमा समेत प्रयोगमा ल्याइएको छ । जिल्लामा जलस्रोत समितिमा दर्ता भएका खानेपानीका मुहान करिब हजारवटा दर्ता भए पनि कतिपय मुहान अहिले सुकिसकेका र केही वर्षात्को समयमा मात्र थोरै पानी निस्कने गर्दछ ।
रासस

प्रकाशित मिति : २७ श्रावण २०७४, शुक्रबार ००:००