१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेस्याङ गाउँपालिकाकाे बजेट १७ कराेड




मनाङ
, २६ साउन । मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ का लागि १७ करोड १३ लाख २४ हजारको बजेट सार्वजनिक गरिएको छ ।

बुधबार भएको पहिलो गाउँपालिका भेलाबाट गाउँपालिकाका उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडीबुटी, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रस्तुत गरेका छन् ।

गाउँपालिकाको बजेटमध्ये पूँजीतर्फ रु एक करोड ८९ लाख २५ हजार र चालुतर्फ रु पाँच करोड १२ लाख ८० हजार रहेको छ । त्यस्तै, सशर्त अनुदानमा रु छ करोड १० लाख ७१ हजार, सामाजिक अनुदानमा रु १० करोड रहेको गाउँपालिका उपाध्यक्ष मेङ्खु गुरुङले जानकारी दिइन् ।

सोमध्ये शिक्षामा रु १६ लाख ५० हजार, स्वास्थ्यमा रु ३४ लाख ३१ हजार, सामाजिक विकासमा रु ८४ लाख ५० हजार र आर्थिक विकासमा रु ४८ लाख २५ हजार विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा रु एक करोड ८९ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा रु ५६ लाख तीनहजार विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष गुरुङले बताए ।

त्यस्तै, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन रु ९४ लाख ४६ हजार, सेवा र क्षमता विकासमा रु ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मत सम्भारका लागि रु एक करोड १३ लाख ५० हजार, सिँचाइ तथा खानेपानी रु २४ लाख ७५ हजार र विद्युत् रु ३७ लाख ५० हजार विनियोजन गरिएको छ ।

हिमाली जिल्लाको पहिचान यहाँका हिमतालको संरक्षण गर्ने र विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाई विशेष बजेट ल्याइएको उनले बताइन् ।

लोपोन्मुख जनावर हिमचितुवा, घोरल, नाउर, मृग जस्ता जनावरको संरक्षण गर्ने तथा सूचना तथा सञ्चारलाई पनि यस बजेटले समेटेको उनले बताइन् ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००