१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेलौली नगरपालिकाको बजेट रु ३० करोड ६२ लाख




बैतडी
, २६ साउन । बैतडीको मेलौली नगरपालिकाले रु ३० करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ ।

बुधबार नगरपालिकामा सम्पन्न नगर परिषद्मा रु ३० करोड ६२ लाख १२ हजार ४८४ को बजेट नगरप्रमुख कृष्णसिंह नायकले सार्वजनिक गरेका हुन् । यस्तै, नगरकार्यपालिकाबाट नगरसभामा पेश हुने नीति तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

नीति तथा कार्यक्रममा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडकलगायतका विभिन्न विकास निर्माणलाई प्राथमिकतामा राखिएको छ । नगरपालिकाका सबै वडामा सडकको व्यवस्था गर्ने, नगरपालिकाको भवन निर्माण गर्ने, एम्बुलेन्स खरिद गर्ने, मेलौली प्राथमिक स्वास्थ्यकेन्द्रमा शव गृह निर्माण गर्नेलगायत कार्यक्रम समावेश गरिएका छन् ।

यसैबीच, बैतडी जिल्लाका विभिन्न स्थानीय तहमा पनि गाउँ परिषद् र नगरपरिषद् शुरु भएका छन् ।
रासस

प्रकाशित मिति : २६ श्रावण २०७४, बिहिबार ००:००