१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विशेषज्ञलाई भौगर्भिकक अवस्था परीक्षण गरिदिन स्थानीय तहले आग्रह




रसुवा
, २४ साउन । उत्तरगया गाउँपालिका वडा नं ४ ढकाल डाँडालगायत क्षेत्रको भौगर्भिकक अवस्था परीक्षण गरिदिन स्थानीय तहले आग्रह गरेको छ ।

गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार यही साउन २२ गते रातिको अविरल वर्षाका कारण गाउँपालिकाको आधार इलाका पहिरेबेंसीमा १४ घर पहिराले पुरिएको र ४० घरपरिवार विस्थापित भइसकेका छन् ।

पहिरेबेंसीको माथिल्लो भाग कुवापानी, ढकालडाँडा भेकमा बसोबास गर्ने करिब दुई सय घरपरिवारमा परेको समस्यालाई ध्यानमा राख्दै खानी तथा भूगर्भ विभागमार्फत जाँच गरिदिन आग्रह गरिएको हो ।

“त्यस भेगका बासिन्दा अत्तालिएका छन्, वर्षायाममा पानी ठूलो परिरहन्छ, अन्यत्र बास बस्ने ठाउँ छैन, रात परेपछि अँध्यारोको बेला के होला रु २०१८ सालपछि पहिरोले उग्ररुप लिन्छ कि भन्ने शंका बढ्यो, गाउँवासीको हितका लागि तत्काल परीक्षण हुन जरुरी छ” वडा नं ४ का वडाध्यक्ष केशरबहादुर ब्लोनले बताए ।

भीषण पहिराले त्यस भेगको मनिगाउँ क्षेत्र बगाएको र पहिरो क्रमशः अडिँदै गएपछि स्थानीय किसानले खेती गर्न थालेकामा अहिले सोही क्षेत्रको उत्तरगयातर्फको भूभाग चिराचिरा हुँदै पूरै पाखो बग्छ कि भन्ने शंका पैदा भएको समाजसेवी काजीमान ब्लोनले बताए ।
रासस

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००