१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस भोजपुरको निर्वाचन साउन २९ गते




भोजपुर
, २४ साउन । जिल्ला समन्वय समिति भोजपुरको निर्वाचन आगामी साउन २९ गतेका लागि तय भएको छ ।

एक प्रमुख, एक उपप्रमुख, तीन महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित ९ सदस्यीय जिल्ला समन्वय समितिको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत प्रकाश श्रेष्ठले साउन २९ का लागि कार्यतालिका सार्वजनिक गरेका हुन् ।

सभापतिमा नेपाली कांग्रेसको तर्फबाट विश्वनाथ पराजुली, डम्बर श्रेष्ठ र नेकपा एमालेका तर्फबाट लक्ष्मण खड्का, सविना राईको नाम चर्चामा रहेको छ जसका लागि मनोनयन दर्ता २७ गते गर्नुपर्नेछ ।

निर्वाचनमा नगरपालिका र गाउँपालिका प्रमुख, उपप्रमुख १८ जनाले मतदान गर्न पाउने छन् । जिससका लागि मतदातामा नेकपा एमाले बाट नौ, नेपाली काग्रेसका पाँच र नेकपा माओवादी केन्द्रका चारजना रहेका छन् ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि बसेको जिल्ला सभाको पहिलो बैठकले भोजपुरमा नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिइन् ।
रासस

प्रकाशित मिति : २४ श्रावण २०७४, मंगलबार ००:००