१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस पाल्पाको निर्वाचन साउन २४ गतेका लागी तय




रामपुर
(पाल्पा), २३ साउन । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन साउन २४ गतेका लागि तय भएको छ । समितिको प्रमुखमा दुई र उपप्रमुखमा दुई जनाको नाम दर्ता भएको छ ।

प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हेमप्रसाद अर्याल, नेकपा एमालेका तर्फबाट दयाराज बस्याल, उपप्रमुखमा कांग्रेसका तर्फबाट शान्ति झेदी र एमालेका तर्फबाट मीरा मरासिनीको मनोनयन दर्ता भएको छ ।

खुल्ला सदस्यमा तीन पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ । जसमा नेकपा एमालेका तर्फबाट ईश्वरीप्रसाद न्यौपाने, तुलबहादुर गाहा, भेषबहादुर वंशी र कांग्रेसका तर्फबाट लक्ष्मण हिताङ रहेका छन् ।

दलित, अल्पसङ्ख्यका तर्फबाट होमप्रसाद ठडराई, तीनजना महिला सदस्यमा इन्द्रकुमारी गाहा चिदी, कमला थापा र खरागती राना निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सुवर्ण खनालले जानकारी दिए । निर्विरोध निर्वाचित सदस्यहरु सबैले नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका हुन् ।

निर्वाचनमा २० जना मतदाताले एक प्रमुख, एक उपप्रमुख र तीनजना खुल्ला सदस्य पदमा मतदान गर्नेछन् । जिल्ला समितिमा नौ जनाको नयाँ समिति चयन हुनेछ ।
रासस

प्रकाशित मिति : २३ श्रावण २०७४, सोमबार ००:००