८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाइने




काठमाडौँ
, २२ साउन । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन् ।

मन्त्रालयमा आइतबार कुरा गदैँ उनले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको बताए ।

उनले भने, “कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ ।”

उनले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको जानकारी दिए । अहिले कर्मचारी समायोजनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ । उनले अहिले समायोजनको मापदण्ड बनाइरहेको जानकारी पनि दिए ।
रासस

प्रकाशित मिति : २२ श्रावण २०७४, आइतबार ००:००