१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस कास्कीमा एमाले निर्विरोध




पोखरा
, २० साउन । मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारको मात्रै उम्मेदवारी परेकाले उम्मेदवारी दिएका सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा बैनबहादुर अधिकारी क्षेत्री र उपप्रमुखमा सावित्री भण्डारी, महिला सदस्यमा गुमादेवी अधिकारी, जगनमाया गुरुङ, सीतादेवी विक, खुल्ला सदस्यमा तोरणबहादुर बानियाँ, वृहस्पति सापकोटा, विष्णुप्रसाद पौडेल र दलित वा अल्पसंख्यकमा रुपबहादुर माल थापा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले घोषणा गरेका थिए ।

पाँच स्थानीय तह मध्ये १ महानगरपालिका, ४ गाउँपालिका भएको कास्कीमा एमालेले एक प्रमुख, एक उपप्रमुख, तीन गाउँपालिका अध्यक्ष र चार गाउँपालिका उपाध्यक्ष जितेको थियो ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको थियो । यसरी एमालेको नौ मत र कांग्रेसको एक मत पाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति आज शुक्रबारको लागि तय गरेको थियो ।
रासस

प्रकाशित मिति : २० श्रावण २०७४, शुक्रबार ००:००