३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फाेटाेसहितकाे नामाबली संकलनमा बीस हजारभन्दा बढी मतदाता थपिए




विराटनगर
, १८ साउन । गत साउन १ देखी सुरूभएकाे फाेटाेसहितकाे मतदाता नामावलि संकलनका क्रममा बीस हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

उक्त कार्यक्रम अन्तरगत साउन १७ गतेसम्म बीस हजार १५१ जना मतदाता थपिएका हुन् । तीमध्ये पुरुष दस हजार २८१, महिला नौ हजार ८६९ र एक जना तेस्रोलिङ्गी मतदाता रहेको पूर्वक्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मोरङमा एक महानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका छन् । ती सबैमा फोटोसहितको मतदाता नामावली संकलन कार्य भइरहेका छन् ।

साउन–१ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्य साउन ३२ गतेसम्म जारी रहने छ । फोटोसहितको मतदाता नामावली दर्ता गराउनेहरुको उत्साहजनक सहभागिता देखिएको छ ।

जिल्लास्थित निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली संकलन कार्य निरन्तररुपमा जारी रहने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।
रासस

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार ००:००