६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाम देशकै दोस्रो सफा शहर




इलाम,
१८ साउन । सरकारले इलामलाइ देशकै देश्रो सफा सहर घोषणा गरेको छ । त्यस्तै पहिलोमा धनकुटा नगरपालिका र तेश्रोमा हेटौँडा सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु ७ लाख र हेटौँडाले रु ४ लाख नगद प्राप्त गरेका छन् ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।

आर्थिक बर्ष २०७३/७४ को वार्षिक कार्यक्रमअनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्याउने उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।

सौर्यबत्तीको जडानको काम शुरू

यसैबीच, सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ । इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

इलाम नगरपालिकासंगको समन्वयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा काम सक्ने गरी सौर्यबत्तीको काम थालेको डिभिजन कार्यालयका सन्तोष नेम्वाङले जानकारी दिए ।

सौर्य बत्ती जडानका लागि सिप्रदी इनर्जीले भ्याटसहित रु १ करोड ८९ लाख ३२ हजारमा ठेक्का लिएको हो । इलाम नगरपालिकाको साविक वडा नं १, २ र ३ को मुख्य बजार क्षेत्रमा ३०० सम्म सौर्यबत्ती जडान गरिने कार्यालयले जनाएको छ ।
रासस

प्रकाशित मिति : १८ श्रावण २०७४, बुधबार ००:००