२६ असार २०८२, बिहिबार | Thu Jul 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला समन्वय समिति कास्कीमा क्षेत्री निर्विरोध निर्वाचित




पोखरा
। जिल्ला समन्वय समिति, कास्कीको संयोजकमा नेकपा एमालेका बैनबहादुर क्षेत्री (अधिकारी) निर्विरोध निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले आठ दिनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेर सोमबार मनोनयन दर्ताको कार्यक्रम तय गरेको भए पनि अन्य दलबाट कुनै पनि मनोनयन नपरेपछि पोखरा लेखनाथ महानगरपालिका–२८ का क्षेत्री निर्वाचित भएका हुन् ।

समन्वय समितिको उपसंयोजकमा एमालेबाटै पोखरा लेखनाथ–३१ का सावित्री भण्डारी, सदस्यहरुमा मादी गाउँपालिकाका बृहस्पति सापकोटा, माछापुच्छ्रे गाउँपालिकाका विष्णुप्रसाद पौडेल, अन्नपूर्ण गाउँपालिकाका जगनमाया गुरुङ, पोखरा–२१ का सीतादेवी विक, पोखरा–१६ का गुमादेवी अधिकारी, १५ का तोरणबहादुर बानियाँ र अल्पसंख्यकबाट रुपा गाउँपालिकाका रुपबहादुर माल थापा निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला समन्वय समितिका लागि जिल्ला सभाका सदस्य नै प्रस्तावक र समर्थक हुनु अनिवार्य छ । कास्कीका पाँच स्थानीय तहबाट १० जना जिल्ला सभा सदस्य रहेकामा एमालेका नौ र नेपाली कांग्रेसका एकजना रहेका छन् ।
रासस

प्रकाशित मिति : १७ श्रावण २०७४, मंगलबार ००:००