१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडाैं महानगरबाट घर निर्माण सम्पन्न प्रमाणपत्र लिने बढे




काठमाडौँ
। काठमाडौँ महानगरपालिकामा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निर्माण सम्पन्न प्रमाणपत्र लिने नगरवासीको सङ्ख्यामा ६०० ले वृद्धि भएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा निर्माण सम्पन्न प्रमाणपत्र लिने दुई हजार ६२५ रहेका थिए भने अघिल्लो आर्थिक बर्षमा एक हजार ८२५ घरधनीले मात्र निर्माण सम्पन्न प्रमाणपत्र लिएका काठमाडौँ महानगरपालिकाका इञ्जिनियर राम थापाले जानकारी दिए ।

थापाका अनुसार २०७२ साउनदेखि कामपाले निर्माण सम्पन्न प्रमाणपत्र अनिवार्य गर्दै, नगरेको खण्डमा उक्त भवन बैंकमा राखी ऋण लिन नपाउने, कामपाबाट पाउने सुविधा– पानी, बिजुली, फोहर उठाउने सुविधा नपाउनाका साथै उक्त भवन नामसारी समेत नगर्ने कदम चालेपछि नगरवासीले प्रमाणपत्र लिन बाध्य भएकाले निर्माण सम्पन्न प्रमाणपत्र लिने नागरिक बढेका हुन् ।

त्यसैगरी, पछिल्लो समय कामपामा नक्सा पास गर्ने नागरिकको सङ्ख्यामा भने कमी आएको छ । आर्थिक बर्ष ०७२/७३ मा दुई हजार ८५८ ले नक्सा पास गरेका थिए । गत आर्थिक बर्षमा जम्मा दुई हजार ५४९ ले नक्सा पास गरेका छन् । निर्माण सम्पन्न प्रमाणपत्र लिनका लागि अनिवार्य गरेको हुँदा प्रमाणपत्र लिने बढेका हुन् भने भवन निर्माण गर्ने स्थानको अभावको कारणले गर्दा पनि पछिल्लो समय नक्सा पास गर्नेको सङ्ख्यामा कमी आएको थापाले बताए ।

नियम अनुसार नक्सा पास भएको दुई वर्षमा निर्माण सम्पन्न गरिसक्नुपर्नेछ भने निर्माण पूरा भएको तीन दिनभित्र निर्माण सम्पन्न प्रमाणपत्रका लागि कामपामा निवेदन पेश गरिसक्नुपर्नेछ ।
रासस

प्रकाशित मिति : १३ श्रावण २०७४, शुक्रबार ००:००