८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुली पोखरीको प्रवर्धनमा मिक्लाजुङ गाँउपालिकाकाे चासो




उर्लाबारी
, मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवद्र्धन नहुँदा ओझेलमा परेको छ ।

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सो पोखरी पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको हो । घनाजङ्गलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

स्थानीयबासी रुद्र भण्डारीका अनुसार परापूर्वकालमा चुली पोखरी क्षेत्रमा राजा र रानी नाम गरिएका दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको जनविश्वास रहेको छ ।

सो क्षेत्रमा सडक, विद्युत् र खानेपानीको अभाव भएकाले पनि पर्यटकको आगमनमा कठिनाइ हुने गरेको उनी बताउछन् । चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् ।

चुली पोखरीको प्रवद्र्धनका लागि मिक्लाजुङ गाँउपालिकाले चासो देखाएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले चुली पोखरीको प्रवद्र्धन र प्रचारप्रसार गर्नका लागि योजना बनाएर अघि बढ्ने बताए ।

गाउँपालिकाबाट बजेट विनियोजन गरेर त्यस क्षेत्रको विकास गर्दै कला/संस्कृतिको विकासमा जोड दिने आचार्यको भनाइ छ ।
रासस

प्रकाशित मिति : १२ श्रावण २०७४, बिहिबार ००:००