८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभ्रेपलाञ्चाेकमा १ हजार ५७३, पाल्पामा १ हजार ११५ मतदाता थपिए




बनेपा
। काभ्रेपलाञ्चोकमा अहिलेसम्म फोटोसहितको मतदाता नामावलीमा कुल १ हजार ५७३ जनाले आ–आफ्नो नाम दर्ता गरेका छन् । निर्वाचन आयोगले नाम छुटेकाहरुको फोटोसहितको मतदाता नामावली संकलनका लागि काम शुरु गरेपछि जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा नाम दर्ता गर्नेको चहलपहल बढेको छ ।

नाम दर्ताका लागि काभ्रेपलाञ्चोक घर भएका तर विभिन्न क्षेत्रमा व्यापार, व्यवसाय गरेका बुटवल, पोखरा, काठमाडौँलगायतका क्षेत्रबाट पनि फोटोसहितको नाम दर्ताका लागि धुलिखेल आएको निर्वाचन अधिकारी मधुकरप्रसाद पोखरेलले जानकारी दिए ।

उनले अब फोटोसहितको मतदाता नामावली दर्ताको काम स्थानीय तहलाई दिएपछि जिल्ला निर्वाचन कार्यालयमा भीड घटेको बताए । जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेबाट फोटोसहितको मतदाता नामावली संकलन थालेको थियो ।

जिल्ला निर्वाचन प्रमुख पोखरेलले १६ वर्ष उमेर पुगेका सबै नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पाउने बताए । तर मतदान गर्न १८ वर्ष उमेरको हुनुपर्ने कानुनी प्रावधान छ । यसअघि जिल्लामा कुल दुई लाख ३० हजार ८४९ मतदाता रहेका थिए ।

रामपुर, पाल्पा । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या पाल्पामा बढ्दै गएको छ । साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा हालसम्म १ हजार ११५ जनाले दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी थमन सारुका अनुसार ६८० पुरुष र ४८५ महिला रहेका छन् ।

साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय पाल्पामा र १६ गतेदेखि २५ गतेसम्म जिल्लाका दशवटै स्थानीय तहबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । रासस

 

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००