५ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रमुख आयुक्त यादव




गौशाला
। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले तोकिएकै मितिमा प्रदेश नं। २ मा स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।

यहाँ आज (शुक्रबार) आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने– “तेश्रो चरणअन्तर्गत प्रदेश नं– २ को ८ जिल्लामा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुनेमा कसैले शंका गर्नुहुदैन ।”

प्रमुख आयुक्त यादवले तेश्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको जानकारी दिदैं मतपत्र, मतपेटिका, कर्मचारी, सुरक्षालगायत सबै तयारी चुस्तदुरुस्त अवस्थामा रहेकोले आगामी असोज २ मा नै तेश्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरे ।

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले राष्ट्रिय जनता पार्टीले पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गरे । यसअघि प्रमुख आयुक्त यादवले महोत्तरीको सदरमुकाम जलेश्वरस्थित जिल्ला निर्वाचन कार्यालयको निरीक्षण गरी त्यहाँको निर्वाचन तयारी अवस्थावारे जानकारी लिएका थिए । रासस

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००