६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाले बनगाड कुपिन्डे नगरपालिका ४ गर्चेबजार जोखिममा




सल्यान
। अविरल वर्षाका कारण जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–४ मा रहेको गर्चेबजार उच्च जोखिममा परेको छ । लगातार वर्षापछि गर्चे बजारनजिकै रहेको बागमारे खोलामा आएको बाढीका कारण बजार क्षेत्र कटान गरेपछि गर्चे बजार जोखिममा परेको हो ।

बाढीले गर्चे बजार रहेको क्षेत्र कटान गरेपछि घरहरु जोखिममा परेको स्थानीयवासी तुल्सीराम बुढाले जानकारी दिए । वर्षा अझै नरोकिएकाले खोलामा बाढी बढेपछि बजार नै बगाउन सक्ने भएकाले बजार क्षेत्र खाली गरिएको बुढाले जानकारी दिए । हालसम्म गर्चेमा रहेका १० भन्दा बढी घर उच्च जोखिममा रहेको स्थानीयवासी दुर्गा विसीले जानकारी दिए ।

बाढीले बागमारे खोलाको किनारमा रहेका करिब ५०० रोपनीमा लगाइएको धानखेतीसमेत नष्ट पारेको छ । भर्खरै रोपाइँ गरेर सकिएका बेला बाढी आएर खेती नष्ट गरेपछि किसान चिन्तित भएको स्थानीयवासी रामसिंह विकले जानकारी दिए ।

जिल्लाको पश्चिमी क्षेत्रमा परेको अविरल वर्षाका कारण बागमारे, वनगाडलगायतका खोलामा आउने बाढीले क्षति पुर्याउँदै आएको छ । रासस

प्रकाशित मिति : ६ श्रावण २०७४, शुक्रबार ००:००