७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपन्न दलित तथा मुस्लिम समुदायका लागि झापामा जनता आवास कार्यक्रम




भद्रपुर
। गाँस, बास र कपासको जोहो गर्न नसक्ने परिवारका लागि पक्की घर बन्न थालेपछि उनीहरु औधी खुशी देखिएका छन् । घर बनाउन नसक्ने परिवारका लागि सरकारले पक्की घर बनाउन थालेपछि उनीहरुले कच्ची र माटोको घरमा बस्ने समस्याबाट छुटकारा पाउने भएका छन् ।

सरकारले जनता आवास कार्यक्रमअन्तर्गत विपन्न दलित तथा मुस्लिम समुदायका लागि झापामा ५०० वटा घर निर्माण गर्न लागेको छ । चार सय ९४ जनाको घर निर्माणको सम्झौता भइसकेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, इलामबाट खटिएका फिल्ड प्रमुख इन्जिनियर सुमनकुमार मिश्रले जानकारी दिए ।

विपन्न दलित तथा मुस्लिम समुदायका लागि सरकारले प्रति परिवारलाई रु दुई लाख १४ हजार अनुदान सहयोग गरेको छ । भान्सा कोठासहित तीनकोठे घर निर्माणका लागि सरकारले सो अनुदान सहयोग गरेको हो । “आफ्नो क्षमताले यस्तो घर बनाउन सक्ने अवस्था थिएन, अब पक्की घरमा बस्न पाइने भयो,” बुधबारेका चन्द्र दर्जीले भने ।

शनिअर्जुन नगरपालिकाका भक्तबहादुर दमार्इं मजदुरी गरेर परिवार पाल्ने गर्छन् । यस्तो अवस्थामा पक्की घर बनाउन सक्ने कुरै भएन । तर सरकारले बनाइदिएको घरबाट जीवनमा धेरै परिवर्तन आउने बताउछन् ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलाका एकाइ कार्यालय, चन्द्रगढीका अनुसार अहिलेसम्ममा कुल रु चार करोड ९५ लाख ७४ हजार वितरण भइसकेको छ । पहिलो किस्तास्वरुप ३४२ जनालाई रु एक करोड ८३ लाख ५६ हजार, दोस्रो किस्ता ३२६ जनालाई रु दुई करोड नौ लाख ९७ हजार र तेस्रो किस्ता १३६ जनालाई रु एक करोड दुई लाख १९ हजार वितरण गरिएको छ ।

जनता आवास कार्यक्रम झापाको मेचीनगर नगरपालिका, गरामुनी, बिर्तामोड, बाहुनडाँगी, शिवसत्ताक्षी, शनिअर्जुन, बुधबारे, खजुरगाछी, गौरादह, भद्रपुर, तोपगाछी, केचना, दमक र चकचकीमा सञ्चालन गरिएको छ । रासस

 

प्रकाशित मिति : ५ श्रावण २०७४, बिहिबार ००:००