१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता नामावलीका लागि ‘हेल्प डेक्स’ स्थापना




नेपालगञ्ज
। निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली संकलन तथा अद्यावधिक सहज गराउन ‘हेल्प डेक्स’ स्थापना गरिएको छ । सरकारी निकायद्वारा प्रदान हुने सेवा प्रवाह तथा नागरिकको सुविधाका लागि लागि युएनडिपिको सहकार्यमा जिल्लास्थित सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले हेल्प डेक्स सेवा सञ्चालन गरेको केन्द्रका अध्यक्ष विश्वजित तिवारीले जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय निर्वाचन कार्यालयमा आउनेको भिडलाई मध्यनजर गर्दै १५ दिनका लागि छ युवा स्वयम्सेवकलाई परिचालन गरेर बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म हेल्प डेक्स सञ्चालन गरिएको हो ।

युवा स्वयम्सेवकले आएका सेवाग्राहीको फारम भर्ने, लाइनमा बसाउने, सूचना दर्ता, तथ्याँक संकलन अभिलेखीकरणमा सहयोग पुर्याउने गरेका छन् । यहाँस्थित क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीका अनुसार, मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य अन्तर्गत तीन दिनको अवधिमा करिब एक हजार ३०० जनाले नाम दर्ता गराएका छन् ।

कार्यालयमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सकिनेछ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७४, बुधबार ००:००