१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुतलीबजारको बजेट ४८ करोड ३१ लाख

लेखक स्थानीय खबर ३ श्रावण २०७४, मंगलबार १ मिनेट पढाइ


वालिङ
। स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि रु ४८ करोड ३१ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाले सार्वजनिक गरेको बजेट निःशर्त अनुदानतर्फ रु २५ करोड ५४ लाख पाँच हजार तथा सशर्त अनुदानतर्फ रु २२ करोड ७७ लाख ८१ हजार रहेको छ ।

चौधवटा वडा रहेको पुतलीबजार नगरपालिकाले प्रत्येक वडामा रु २५ लाखका दरले बजेट विनियोजन गरेको नगर प्रवक्ता ख्यामनारायण अधिकारीले बताए ।

पुतलीबजार नगरपालिकाले आगामी पाँच वर्षको कार्ययोजनामा सुकुम्बासीविहीन नगर, भूकम्पपीडितलाई घर बनाउन निःशुल्क जग्गा पासको व्यवस्था, उज्यालो नगर, सरसफाइयुक्त शहर, लागू औषध नियन्त्रण, शिक्षा, खेलकुद, कृषि तथा पर्यटनलगायतलाई प्राथमिकतामा राखेको नगर प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन् । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।