११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भौतिक संरचना नहुँदा कर्मचारी अलपत्र



डडेल्धुरा । भौतिक संरचना नहुँदा स्थानीय तहमा कामकाज गर्नका लागि समस्या भएको छ । स्थानीय तहको निर्वाचनपछि यही साउन १ गतेदेखि स्थानीय तहमै जिल्लास्तरका सरकारी कार्यालयले कामकाज शुरु गर्न थाले पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना छैन ।

“गाउँपालिकाबाटै सरकारी सेवा दिन खोजिए पनि कार्यालय सञ्चालनका लागि भौतिक संरचना नहुँदा काम शुरु हुनसकेको छैन,” भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले भनिन् । कार्यालय सञ्चालनका लागि न त सरकारी घर छ, न निजी घर । कार्यालय सञ्चालन त परै जाओस् कर्मचारीको आवासका लागि समेत घर भाडामा नमिलेको भट्टले बताइन् ।

गाउँपालिकाको सानो घरमै जिल्लाबाट गएका सरकारी कार्यालयका कर्मचारी बस्ने गरेका छन् । “ कार्यालय सञ्चालनका लागि पहिला भवनको खोजी गरेर मात्रै पठाइनुपर्थ्यो,” भट्टले बताइन् । अमरगढी नगरपालिकासहित अन्य छ स्थानीय तहमा भवनलगायत भौतिक संरचना नहुँदा कार्यालय सञ्चालनमा समस्या हुने गरेको छ । भवन नहुँदा सेवाग्राहीलाई सेवा दिनसकिएको छैन ।

सरकारले स्थानीय तहमै अधिकांश सेवा दिनका लागि कर्मचारी पठाए पनि कार्यालय स्थापनाका लागि भवन नहुँदा कार्यालय व्यवस्थापन हुनसकेको छैन । यति मात्रै नभई स्थानीय तहमा गएका कर्मचारीलाई आवासका लागि समेत समस्या भएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००