१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगन्ज नगर कार्यपालिका निर्वाचनमा मिश्रित परिणाम

लेखक स्थानीय खबर ३ श्रावण २०७४, मंगलबार १ मिनेट पढाइ

साउन ३, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको नगर कार्यपालिकाका लागि सोमबार भएको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय समाजवादी फोरमका जनप्रतिनिधि सदस्यमा निर्वाचित भएका छन् ।

कूल ३३ सदस्यीय नगर कार्यपालिकामध्ये आठ सदस्य महिला, दलित तथा अल्पसंख्यक आरक्षण कोटाका लागि भएको निर्वाचनमा महिला सदस्यमा नेपाली कांग्रेसबाट वसन्ता जोशी, माओवादी केन्द्रबाट सीमा कसौधन, राप्रपाबाट इन्दिराकुमारी शाही, मञ्जु वादी र संघीय समाजवादी फोरमबाट नन्कै पठानी निर्वाचित भएका छन् ।

त्यसैगरी, दलित, अल्पसंख्यकमा काँग्रेसबाट देवेन्द्रपाल सिंह, माओवादी केन्द्रबाट देउमल सुनार र संघीय समाजवादी फोरमबाट कौशलकुमार धोवी निर्वाचित भएका छन् ।

विजयी सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले सोमबार एक समारोहमा शपथ ग्रहण गराएका थिए । नेपालगन्ज उपमहानगरको कूल जनप्रतिनिधि १ सय सय १७ मध्ये ११६ जना नगर कार्यपालिका सदस्य निर्वाचनमा सहभागी भएका थिए । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।