१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदाको दिन पनि मतदाता नामावली संकलन



साउन ३, राजविराज । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागी विदाको दिन पनि मतदाता नामावली संकलन गरेको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन गर्न थालेको छ ।

पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १ सय ४ जना गरी २०४ जना छुटेका मतदातको नाम दर्ता गराईएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए ।

संकलनको काम साउन १५ गतेसम्म जिल्ला निर्वाचन कार्यालय जारी रहने छ । विदाका दिन पनि कार्यालय समयभन्दा एक घण्टा अगाडि र एक घण्टा पछाडि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने प्रमुख ठाकुरले बताउनुभयो । यसका लागि कार्यालयमा दुईजना कम्प्युटर अपरेटरसमेत खटाइएको छ । रासस

प्रकाशित मिति : ३ श्रावण २०७४, मंगलबार ००:००