१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिन एक सय ८३ मतदाता थपिए

लेखक स्थानीय खबर २ श्रावण २०७४, सोमबार १ मिनेट पढाइ


चितवन
। निर्वाचन आयोगले मतदाता नामावलीमा फोटोसहितको नाम छुटेकाहरुको फोटो खिचाउन १५ दिनको समय दिएपछि आइतबार एकै दिन यहाँ १८३ जनाले फोटोसहितको नाम लेखाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय चितवनमा यसअघि फोटो खिच्न छुटेर मतदान गर्न नपाएका र उमेर पुगेकाहरुले फोटो खिचाउने अवसर पाएका हुन् ।

साउन १ गतेबाट १५ गतेसम्म मात्रै जिल्ला निर्वाचन कार्यालयमा छुटेका र उमेर पुगेकालाई यो अवसर दिइएको हो । कार्यालयमा फोटो खिचाउन आएका ५८ वर्षीय मैतबहादुर कामीले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम नहुँदा यसअघि निर्वाचनमा मतदान गर्न नपाई फर्किनु परेको गुनासो गरे ।

विगत तीनवटा निर्वाचनमा मतदानबाट वञ्चित हुनुपरेको बताउँदै उनले नाम लेखाउन पाउने भएपछि भरतपुर महानगरपालिका–१६ मङ्गलपुरबाट फोटो खिचाउन आएको बताए । पहिले नाम मात्रै भए पनि मतदान गर्न पाउने व्यवस्था थियो । संविधानसभाको पहिलो निर्वाचनयता फोटो अनिवार्य गरिएको छ ।

भरतपुर–११ की २२ वर्षीया मोनिका पौडेलले स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएकामा आफ्नो अधिकारबाट वञ्चित भएको बताउँदै यसपटक पहिलो दिन नै फोटो खिच्न आएको प्रतिक्रिया दिए ।

जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले १६ वर्ष पुगेर नागरिकता लिएकाले फोटो खिचाएर मतदाता नामावलीमा नाम लेखाउन पाउने बताए । तर मतदान गर्न भने १८ वर्ष पूरा हुनुपर्ने प्रावधान रहेको छ । जिल्लामा हालसम्म तीन लाख १३ हजार तीन जना मतदाता रहेका छन् । रासस

प्रकाशित मिति : २ श्रावण २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।