१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपमहानगरपालिकाको कार्ययोजना




बुटवल
। बुटवल उपमहानगरपालिकामा जनप्रतिनिधिहरुको कार्यपालिकाको पहिलो बैठकले बुटवलको अव्यवस्थित बस्तीको लगत संकलन गरी समाधानका प्रभावकारी काम अगाडि बढाउने निर्णय गरेको छ ।

कार्यपालिकाको शनिबार बसेको पहिलो बैठकले नगरभित्र रहेको अव्यवस्थित बसोबासको समस्यालाई समाधान गर्ने, अभिलेख तयार पार्ने र त्यसको व्यवस्थित अध्ययन गर्ने र सार्वजनिक जग्गा संरक्षणको प्रभावकारी काम गर्न कार्यदल गठन गरेको छ ।

त्यस्तै एकीकृत बृहत् शहरी विकास गुरुयोजना निर्माणका लागि शहरी योजनाकार सुशील ज्ञवालीको संयोजकत्वमा विभिन्न विधाका विज्ञहरु रहने गरी एक विज्ञ समूह गठन गर्ने पनि निर्णय भएको छ ।

खानेपानीको समस्यालाई समाधान गर्नका लागि उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन प्रमुख र खानेपानी संस्थानका प्रमुख रहने कार्यदल गठन गर्ने निर्णय गरेको बुटवलका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । रासस

प्रकाशित मिति : १ श्रावण २०७४, आइतबार ००:००