१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिराेको डरले रातभर जाग्राम

लेखक स्थानीय खबर २८ असार २०७४, बुधबार २ मिनेट पढाइ


बैतडी
। वर्षा सुरु भएसंगै बैतडीको डिलाशैनी गाउँपालिका ६ बाङगाबगरका बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् । लगातारको वर्षाले माथिबाट पहिरो आउन शुरु भएपछि रातभर जाग्राम बस्न बाध्य भएको मञ्जु दमाई बताउछिन् ।

उनले भनिन्, “कतिखेर घर पुररिने हो ठेगान छैन मुटु ढुकढुक गरिरहन्छ घर सार्नका लागि आफूहरुसंग अन्यत्र जमिन नभएकाले जोखिम मोलेरै बस्न बाध्य छौ ।” विसं।२०६० असारमा आएको पहिराले त्यो बेला बाङ्गाबगरका छ घर पूर्णरुपमा नष्ट गर्नाका साथै १५० रोपनी जमिन बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिराले बाङ्गाबगरवासीलाई चिन्तित बनाएको अर्का स्थानीय महेश सार्कीले बताए ।

पहिराले सात दलित परिवारका साथै अन्य समुदायका छ घरपरिवारलाई पनि घरबारविहीन बनाएको छ । आफूहरुले बसोवास गर्नका लागि कतै ठाउँ नपाएपछि पहिरोको छेउमै बनाएको टहरामा बास बस्नुपरिरहेको स्थानीयवासी धनीराम सार्कीले गुनासो गरे । उनले भने, “आफ्नो भएको जग्गा सबै पहिराले लगेपछि टहराको बास भएको छ” लगातारको वर्षाले रातिको निद्रासमेत हराएको स्थानीय तेजबहादुर साउदले बताए ।

उनले भने, “वर्षाभएसंगै परिवारको एकजनाले रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ” मर्सिकोर नेपालको सहयोगमा पहिरो रोकथामका लागि लगाएको पर्खालसमेत भत्किएको छ । पहिरो बस्तीको दुईतर्फ भएकाले दुबै तर्फका बासिन्दालाई सास्ती भएको स्थानीय सुरेश श्रेष्ठले बताए ।

सात सय मिटर लम्बाइको पहाडबाट खसेको बाङगाबगर पहिराले स्थानीयवासी त्रस्त छन् भन्दै उनले भने, “यहाँका बासिन्दा पहिरोकै जोखिमको बीचमा बस्न बाध्य छन्” प्रत्येक वर्ष आउने पहिराले महाकाली राजमार्ग अन्तर्गत बाङगाबगरमा सडक अवरुद्ध हुने गरेको छ ।

वर्षा बढेसंगै पहिराले बेलाबेलामा राजमार्ग अवरुद्ध गर्ने भए पनि तत्काल पहिरो नै रोकथाम हुने सम्भावना नरहेको देखिएको हो । विगतदेखि नै वर्षात्को समयमा बग्दै आएको पहिरो यो वर्ष पनि वर्षा शुरु हुने बित्तिकै बगेर सडक नै अवरुद्ध गर्न थालेको छ । माथिबाट पानीसहित बगेर आउने पहिरोको लेदोले सडक अवरुद्ध हुने गरेको छ ।

भित्री कमेरोयुक्त माटो भएकाले बाङगाबगरबाट आउने पहिरो तत्कालै नियन्त्रण गर्न नसकिने मर्सिकोर नेपालका जिल्ला संयोजक हेमराज भट्टले बताउनुभयो । पहिराको टुप्पोमा ताल भएकाले सोही तालका कारण पहिरो आएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।

बाङगाबगर पहिरोको स्थायी समाधान तत्काल असम्भव रहेको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताए । पहिरो पीडितका लागि प्रशासनले सक्दो सहयोग गरिरहेको छ उनले भने, “पहिरो नियन्त्रणका लागि राज्यका ठूला निकायको सहयोग चाहिन्छ” सानोतिनो लगानी तथा कुनै एक निकायले पनि गर्न नसक्ने भएकोले सबै निकायले ध्यान दिए सम्भव हुनेमा उनले जोड दिए । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।