१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम जलेश्वर आउन पनि भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता




गौशाला
। महोत्तरीको सदरमुकाम जलेश्वर आउनका लागि बथनाहाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य भएका छन् । जिल्लाको पश्चिम दक्षिण कुनामा भारतीय सीमासंग जोडिएका बथनाहा गाविसका बासिन्दा राज्यको उदासिनताका कारण आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयवासी चन्दन दुबेले बताए ।

सदरमुकाम जलेश्वरबाट ९ किलोमिटर टाढा रहेको बथनाहाबाट आफ्नै देशको भूमि प्रयोग गरेर सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयवासी भरत रायले बताए ।

सदरमुकाम जलेश्वर आउनका लागि उनीहरुलाई वर्षौदेखि भारत बिहार राज्य सीतामढी जिल्लाको बराही, सुरसण्ड, गोपालपुर, नवाही र भिठ्ठामोडको बाटो तय गर्नुपर्ने हुन्छ ।

नौ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयवासी अमित दुबेले बताउछन् । सदरमुकाम जलेश्वरसंग बथनाहालाई जोडने नेपाली सडक वर्षौदेखि निर्माण हुन सकेको छैन् । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार ००:००