१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा एक हजार १७८ जनाको जमानत जफत

लेखक स्थानीय खबर २८ असार २०७४, बुधबार १ मिनेट पढाइ


भद्रपुर
। सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ वटा पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दश प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो ।

सो निर्वाचनमा जिल्लाका कुल पाँच लाख १० हजार २१६ मतदातामा तीन लाख ७२ हजार ८४० जना (७३ प्रतिशत)ले मतदान गरेका थिए ।

जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा ८०, गौरादह नगरपालिकामा ७३, बिर्तमोड नगरपालिकामा ७८, कचनकवल गाउँपालिकामा ५७, गौरिगञ्ज गाउँपालिकामा ४६, झापा गाउँपालिकामा ३७, बाह्रदशी गाउँपालिकामा ६१, कमल गाउँपालिकामा ७१, वुद्धशान्ति गाउँपालिकामा ५४ र हल्दिवारी गाउँपालिकामा २३ जना उम्मेदवार रहेको जिल्ला निर्वाचन कार्यालयका प्रेमप्रसाद न्यौपानेले बताए । रासस

प्रकाशित मिति : २८ असार २०७४, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।