१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरलाई धुलो र हिलोबाट मुक्त गराइने




विराटनगर
। विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख भीम पराजुलीले महानगरपालिकालाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज (मंगलबार) मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलबाट शपथ लिँदै उनले एक सय दिनमा विराटनगरवासीलाई धुलो र हिलोबाट मुक्त गराउनका लागि ठोस कार्य गरिने बताए । विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनका लागि ठोस भूमिका निर्वाह गरिने र महानगरमा मातृभाषाको पाठ्यक्रम समावेश गरिने जानकारी पनि उनले दिए ।

सो अवसरमा उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई शान्त र हराभरा तथा भयमुक्त महानगरका रुपमा विकसित गरिने बताउँदै अन्यायमा परेका महिलालाई न्यायका लागि अन्यत्र कतै जानु नपर्ने अवस्था ल्याइने दृढता व्यक्त गरिन् । कार्यक्रममा उपप्रमुख कार्की र वडाका अध्यक्षले पनि शपथ लिउका थिए ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले विराटनगरको विकासमा सबै एक जुट भएर लाग्नुपर्नेमा जोड दिए । सांसद पुष्कर आचार्य, प्रजिअ यज्ञराज कोइराला र महानगरपालिकाका कार्यकारी अधिकृत दीपक कोइरालाले विकासनिर्माणका कामलाई तीव्रता दिनुपर्ने औँल्याए । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००