७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा–लेखनाथ महानगर ५ मा सिँचाइको कुलो सडकमा




पोखरा
। पोखरा–लेखनाथ महानगरपालिका ५ जिरो किलोमिटर चोकभन्दा ५० मिटर पूर्वतर्फको सेती सिचाइँको कुलोको पानी सडकमै बग्दा दिनहुँजसो दुर्घटना हुने गरेको छ । सडकको मुनीबाट गएको सिचाइँको पाइप सानो भएपछि पानी ठेलिएर सडकमै बग्ने गरेको स्थानीय नागरिक मञ्चका अध्यक्ष वसन्त गिरीले जानकारी दिए ।

लामो समयदेखि सडकको धुलो खेप्दै आएका जिरो किलोमीटरका बासिन्दा केही महिनादेखि सिचाइँ कुलोको पानी बग्न थालेपछि हैरान भएका छन् । जिरो किलोमिटरदेखि बिन्ध्यवासिनीसम्मको पोखरा–बागलुङ सडक चौडा बनाउने क्रममा ठेकेदार कम्पनीले जथाभावी डोजर लगाएर खन्दा उक्त क्षेत्रका बासिन्दाले सास्ती खेप्नु परेको छ ।

“बाढीको पानी कुलोसंगै बग्दा जमिन भास्सिने डर छ,” स्थानीय बासिन्दा गिरीले भने । सडक डिभिजन कार्यालयका प्रमुख प्रेमप्रकाश खत्री चाँडै सिँचाइ कुलो व्यवस्थित गरिने बताउछन् । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००