१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाको कारण आएको बाढीले २ सय ७७ घर जोखिममा




बनियानी
(झापा) । केही दिनयताको अविरल वर्षाको कारण आएको बाढीले जिल्लाका दुई सय ७७ घर जोखिममा परेका छन् । नेपाल रेडक्रस सोसाइटी विपद् व्यवस्थापन विभागका अनुसार वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ती घर जोखिममा परेका हुन् ।

रतुवा नदीमा बढेको पानीको बहाव कमल गाउँपालिका ७ दक्षिण पाँच सय मि कटान गरेर बस्तीमा पस्न लागेको छ । खोला बस्तीमा पस्ने सम्भावना बढेसंगै त्यहाँ रहेका १५० घर जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । सो स्थानको निरीक्षणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

त्यस्तै मेची नदीमा पानीको बहाव बढेपछि भद्रपुर नगरपालिका ३ स्थित भैँसाबाडीका १२५ घर जोखिममा छन् भने मेचीनगर १५ हेल्दुबारीमा निन्दा नदीले जमीन कटान गर्दा स्थानीयवासी दलबहादुर गुरुङलगायतका दुई घर जोखिममा रहेको रेडक्रसले जनाएको छ ।

यसैबीच यही असार २४ गते हडिया खोलामा पौडी खेल्न जाँदा बेपत्ता भएका एक बालकको शव मेची नदीको किनारमा सोमबार फेला परेको छ । मेचीनगर १५ का नरबहादुर लिम्बूका १२ वर्षीय छोरा निशानको शव दुई दिनपछि फेला परेको हो । रासस

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार ००:००