१३ माघ २०८१, आइतबार | Sun Jan 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको अर्जुनधारा नगरपालिकामा एमाले विजयी




काँकडभिट्टा
(झापा) । झापाको अर्जुनधारा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ । एमालेका हरि राना १३ हजार ८७९ मत ल्याएर प्रमुखमा निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज खरेलले नौ हजार ६४१ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा एमालेका कमला आचार्य १२ हजार ८३१ मत प्राप्त गरी विजयी भएकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती सिटौलाले १० हजार ५७९ मत प्राप्त गरिन् । एघार वडा रहेको अर्जुनधारामा आठ वटामा एमाले विजयी भएको छ ।

एमालेबाट वडा नम्बर १ मा गजाधर खतिवडा एक हजार १७५, वडा नं २ मा रघुनाथ खनाल ९५७, वडा नं ४ मा दुर्गाप्रसाद दाहाल एक हजार ११८, वडा नं ५ मा ध्यानबहादुर भारती एक हजार १६४, वडा नं ६ मा लोकनाथ गौतम ७८८, वडा नं ९ मा पुष्पकुमार प्रसाईं एक हजार २२९, वडा नं १० मा बलदेवसिंह गोम्देन एक हजार १७८ र वडा नं ११ मा भैरवबहादुर खड्का एक हजार ४८९ मतसहित विजयी भएका छन् ।

बाँकी तीनवटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसबाट वडा नं ३ मा जीवनकुमार भण्डारी एक हजार २२७, वडा नं ७ मा नवराम ढुङ्गाना ९४२ र वडा नं ८ मा गोपीचन्द्र गौतम ९७४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । झापामा यसअघि नै सबै गाउँपालिका र नगरपालिकाको परिणाम आइसकेको छ । रासस

प्रकाशित मिति : २६ असार २०७४, सोमबार ००:००