१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम साँझमा आउने




भद्रपुर
। असार १४ गते सम्पन्न स्थानीय निकाय दोस्रो चरणको निर्वाचनअन्तर्गत अर्जुनधारा नगरपालिकाको अन्तिम परिणाम आज (आइतबार) साँझमा आउने भएको छ ।

अहिलेसम्ममा २८ हजार ४६२ मतगणना भइसकेकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार हरिकुमार राणाले १३ हजार २५४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका हेमराज खरेलले नौ हजार १६६ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा एमालेकी उम्मेदवार कमला आचार्य (खतिवडा)ले १२ हजार २८२ तथा कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ६२ मत प्राप्त गरेकी छन् ।

अर्जुनधारा नगरपालिकाबाहेक सबै गाउँपालिका र नगरपालिकाको मतपरिणाम आइसकेको छ । विवादका कारण चार दिन रोकिएको नगरपालिकाको मतगणना असार १७ गते बेलुकादेखि पुनः सुरु भएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले बताए । कुल ४० हजार ४३० मतदाता रहेको नगरपालिकामा ३० हजार ३७ मत खसेको थियो । रासस

प्रकाशित मिति : २५ असार २०७४, आइतबार ००:००